काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा शनिबार ४ घण्टा बिजुली काटिने भएको छ। वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानमा बिजुली कटौती गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ।

यही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवं रुख बिरुवाका हाँगा काट्ने प्रयोजनका लागि आज बिजुली प्रवाह रोकिने जनाइएको छ।