सत्ता साझेदार दलहरुको बैठक बस्दै
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। अध्यादेशका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ।
संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तक्र्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ।
सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् । सत्तापक्षकै केही दल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठ्यारोमा परेको छ।