अर्थमन्त्री र मेयरको श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना, ६ प्रतिशत शरीर जल्यो
काठमाडौं। पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् ।
अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५.६ प्रतिशत शरीर जलेको डा। नकर्मीले जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।