प्रतिनिधिसभा बैठक आज पनि बस्दै, के छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।