अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप: आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगितामा चार देश सहभागी हुनेछन । जसमा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ ।

नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।

त्यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।