अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको सल्लाहकारमा चिमौरिया र उपाध्यक्षमा परियार मनोनित
काठमाडौं। अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले राजेन्द्रप्रसाद चिमौरिया सल्लाहकार र पत्रकार ललित परियारलाई उपाध्यक्षमा मनोनयन गरेको छ। विश्भर क्रियाशील रहेको क्रान्तिकारी लेखक तथा पत्रकार,साहित्यकार एवम् साँस्कृतिककर्मिहरुको छाता संगठन लेखक तथा पत्रकार केन्द्रको बैठकले उक्त निर्णय गरेको अध्यक्ष हस्तबहादुर केसीले बताए।
उक्त बैठकले बेलायतमा रहेका पत्रकार ललित परियारलाई उपाध्यक्षमा मनोनयन गरेसँगै बैठकले उपाध्यक्ष परियारलाई युरोप महादेशमा समन्वय गर्ने जिम्मेवारी समेत दिइएको अध्यक्ष केसीले बताए।
उक्त बैठकले सबै पदाधिकारी र सदस्यहरुलाइ जिम्मेवार भएर संगठनको कामलाइ थप चुस्त बनाउन समेत अग्रह गरेको बताए। देशभक्त,क्रान्तिकारी र प्रगतिशिलहरूलाइ पत्रकार केन्द्रमा जोड्दै संगठनलाइ थप बलियो र मजबुद बनाइने अध्यक्ष केसीले बताए।
उक्त बैठकले संगठन विस्तारका सम्बन्धमा विश्वभर महादिशीय एवं देशीय स्तरमा शाखाहरु खोल्ने निर्णय गरिएको केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले बताए।