स्ववियु निर्वाचन: नेविसंघ ९९ र अनेरास्ववियुले जित्यो ८६ क्याम्पसको सभापति (सूची)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अहिलेसम्म ९९ वटा क्याम्पसमा स्ववियु सभापति पद जितेको छ। मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत अनेरास्ववियुले देशभरका ९९ वटा क्याम्पसमा सभापति पद जितेको हो।

काठमाडौंका थापाथली इन्जिनियरिङ, महाराजगञ्ज नर्सिङ क्याम्पस, पाँचथर क्याम्पस, फुलबारी क्याम्पस लगायतमा नेविसंघ विजयी भएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।

यस्तै अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ।