म्याग्दीमा ट्याक्टर दुर्घटना,दुई जनाको मृत्यु, ४ घाइते

काठमाडौं । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर करिब डेढसय मिटर तल खस्दा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अअनुसार पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो । देविनको भने लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।