पीडितलाई भन्दा पीडकको संरक्षण गर्दै इन्सपेक्टर केसी, तण्डुकार र इन्सपेक्टरबीचको कनेक्सन के हो ?

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले पदभार ग्रहण गरे लगत्तै गीताको श्लोक उद्धृत गर्दै उनी मातहतका प्रहरीलाई गलत काम गर्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका थिए।

तर उनै एसएसपी अधिकारी प्रमुख रहेका जिल्ला प्रहरी परीसर काठमाडौंमा एकजना प्रहरी अधिकारीले कस्ता-कस्ता हर्कत मच्याईरहेका छन् भन्ने विषयमा अनविज्ञ हुनु हास्यास्पद विषय बनेको छ।

केही समय अगाडि मिटरव्याज सम्बन्धि ३१४ नम्बर पिल्लर हेर्ने इन्सपेक्टर दिपक बाबु केसीले छायाँ एसएसपी चलाईरहेको भन्ने विषय सार्वजनिक भएकाे छ।

एसएसपी विश्व अधिकारीले आवस्यक अनुसन्धान गरि ईन्सपेक्टर केसीलाई सो फाँटबाट सरुवा गरि परिसरको पाँचौ तल्लामा रहेको सामुदायिक प्रहरी फाँटमा सरुवा गरेको सोर्त बताउँछ।तर मतिनै आर्थिक नजरनाको कारण भ्रष्ट भएका ईन्सपेक्टर केसीले अझैपनि मिटरव्याज सम्बन्धि ३१४ नम्बर पिल्लरमा दबदबा चलाईरहेको जोकोहीले प्रष्ट देख्न सकिन्छ।

सरुवाती समयदेखिनै एसएसपी अधिकारीको आदेशलाई लत्याउँदै केसी कमाउधन्दामा व्यस्त रहेको बताइन्छ। काठमाडौं प्रहरी परीसरमा करिब ४ महिना अगाडि सरुवा भएका बताउने केसीलाई केहि राजनितिक माफियाहरुको आड र धापमा मिटरव्याज सम्बन्धि उजुरी हेर्ने महत्त्वपूर्ण शाखामा ल्याउन सफल भएपनि समाचार प्रकाशित पछि सो विभाग सरुवा गरीएका केसीको उहीँ हर्कतको विषय अहिले सर्बर्त्र चासोको रुपमा लिईएको छ।

२०७५ सालमा इन्सपेक्टर बढुवा भएका केसी अयोग्य हुँदाहुँदै केही प्रहरी उच्च अधिकारी र राजनीति दलका नेताको गुलामीका साथै आर्थिक नजरनाको भरमा केही समय अगाडि ललितपुरको बाँडेगाँउका प्रहरी प्रभाग प्रमुख समेत बन्न सफल भएको सोर्त बताँउछ।

उनै ईन्सपेक्टर केसी ललितपुरको बाँडेगाँउमा उठौती-पुठौती धन्दा गर्दै डुङ्डुङ्ती गनाएका प्रहरी अधिकारी भएको स्थानिय बताउँछन।अझ अचम्मको कुरात उनी काठमाडौं जिल्ला प्रहरी परिसर सरुवा भएपछि चेनअफ कमाण्ड मान्नुपर्ने नेपाल प्रहरीमा किलो वान र २ ले बोलाउँदा समेत बेमतलब गर्दै आएको बुझिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारी भन्छन ” ईन्सपेक्टर दिपक केसी जस्ता आर्थिक लोलुपता भएका प्रहरी अधिकारीका कारण आज संगठनकै बदनाम भएको छ।

घमण्डी स्वभावका इन्सपेक्टर केसी समक्ष आएको केशमा उनले पीडकसँग मिलि आर्थिक नजरनाको भरमा पिडितलाई झन पिडित बनाएको समाचार केहि समय अगाडिनै विभिन्न समाचार माध्यममा प्रकाशित भईसकेको छ।

ईन्सपेक्टर केसी मिटरव्याज सम्बन्धि ३१४ नम्बर पिल्लरका प्रमुख रहँदा काठमाडौको बागबजार स्थायी निवासी तण्डुकार थरकी एकल महिलाले आफू घरकै सदस्यबाट पिडित भएको भन्दै उजुरी दिएकी थिईन।

तर त्यस बखत उल्टै केसीले मानमर्दन सहित गालिगलौज गर्दै हप्काएको तण्डुकारले जनरक्षालाई बताएकी थिईन।सोही पिडामा रति आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको मिटरव्याज सम्बन्धि ३१४ नम्बर पिल्लरका प्रमुख ईन्सपेक्टर कुशल कुमार बर्तौलालाई गुहार माग्न पुगेकी उनि ईन्पेक्टर केसीको हप्काई पछी फर्किएको स्राेत बताँउछ।

आफ्नै सहोदर कान्छा भाई कविन्द्र तण्डुकारबाट पिडित बन्न पुगेकी रति भन्छिन्  मेरो भाईले मलाई झुक्याएर १० प्रति चेकमा हस्ताक्षर गरायो अनि जथाभावी चेक बाँड्यो।

म एकल महिलाले कति जना सँग मुद्दा लड्नु त्यो पनि करोडौं रुपैयाँको ।सो विषयमा प्रहरी गुहार्दा ईन्सपेक्टर केसीले आफ्नो भाईसँग मिलि उल्टै पिडित बनाएको गुनासो गरेकी छिन्।

स्रोतका अनुसार हाल मिटरव्याज सम्बन्धि ३१४ नम्बर पिल्लरका प्रमुख ईन्सपेक्टर कुशल कुमार बर्तौला भएपनि उनले विक थरका हवल्दारलाई छलफल गराउन निर्देशन दिएका थिए।

तर उनै हवल्दार विकलाई ठाडो आदेश दिँदै ईन्पेक्टर केसीले पिडक कविन्द्र सँग मिलि पिडितलाई गालिगलौज र धाकधम्कीमा उत्रिएपछी रति भावविह्वल हुँदै फर्किएकि हो।काठमाडौंका प्रहरी प्रमुखले प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘‘विनाशाय च दुष्कृताम्’ उल्लेख गरे।

यो श्लोकमा भनिएझैँ गलत काम गर्नेविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका थए।तर आफ्नै टाङमुनि रहेका यस्ता प्रहरी अधिकृतलाई के कारबाही होला एसएसपी साप ? इन्सपेक्टर केसीको विषयमा थप समाचार प्रकाशित हुने छ।