प्रधानमन्त्री ओलीलाई सडकमा प्रदर्शन नगर्न सुझाव

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई सडक प्रदर्शनमा भन्दा सरकारको काममा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्। नेपालगन्जमा आयोजित नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारको गति र प्रदर्शन सुधार गर्नुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्री ओलीको समय शिक्षक आन्दोलनको समाधानमा लाग्नुपर्नेमा, सार्वजनिक कार्यक्रमहरूमा बढी देखिएको भन्दै आलोचना गरे। प्रधानमन्त्रीज्यूको समय आन्दोलनको समाधानमा खर्चिनुपर्ने हो, तर उहाँ सडक प्रदर्शनमा केन्द्रित हुनुभयो,उनले भने।

शर्माले लोकतन्त्रमा राजनीतिक दलहरूले प्रदर्शन गर्नु स्वाभाविक भएको बताए। प्रधानमन्त्रीलाई अपिल गर्दै उनले भने,सडक प्रदर्शन दलहरूले गर्छन्, तपाईँ सरकार चलाउनुहोस्। सरकारको काम दोब्बर रूपमा अघि बढाउनुहोस्, तब जनताको गणतन्त्रप्रतिको भरोसा पनि दोब्बर हुनेछ।