नेपाल प्रहरीको एआइजी बढुवामा भारतीय दूतावासको अस्वभाविक चासो

काठमाडौं । नेपाल प्रहरीमा राष्ट्रिय अनुसन्धान विभागबाट आएका डिआइजी सिद्धिविक्रम शाहलाई बढुवा हुनबाट रोकिए । एआइजीमा बढुवा भएका दानबहादुर कार्कीको टोलीभन्दा एक वर्ष सिनियर भनिएका शाहलाई रोकिएपछि प्रहरी प्रधान कार्यालयमा मात्र होइन बाहिर पनि यसको चर्चा भएको छ ।

गृहमन्त्रालय र त्यसभन्दा पर रहेको भारतीय दूतावासले समेत चासो प्रकट गरेको स्रोतको दावी छ। गृहमन्त्रालयकै सिफारिसमा सरकारले एआइजीको बढुवा गर्ने हो । शाहको टोलीमा रहेका उमा चर्तुेवेदी, हिमालय शमशेर श्रेष्ठलाई छुटाइएको छ।

प्रहरी नियमावली अनुसार तालिमलाई समेत आधार मानेर सिनियर जुनिएर निर्धारण हुन्छ। त्यसकै आधारमा हेर्ने हो भने कार्कीका व्याचमा रहेका राजन अधिकारी, मनोज केसी मात्र होइन अहिले डिआइजीमा बढुवा दावी गरिरहेका सानुराम भट्टराई, विश्व अधिकारी, भूपेन्द्र खत्री तथा त्यो पछिल्लो व्याच रमेश थापा भन्दा पनि जुनिएर रहेको छन् । शाहको व्याची तालिमबाट २०६० मा पास आउट भएर बाहिर आउदा थापासम्मको व्याचले तालिम सिध्याएर कमाण्ड गर्न भ्याएका थिए ।

शाहका व्याचीहरु विरुद्ध परेको रिटको फैसला हुँदा भने कार्कीकै व्याचलाई आधार मानिएको थियो । बढुवा पनि सोही अनुरुप भएको थियो। त्यसकारण उनीहरुको दावी स्वाभाविक थियो । सोही अनुरुप विशेष व्यूरोमा रहेका शाहले दूर्गा प्रसाईको पक्राउ गरेर भारतबाट ल्याएका थिए। प्रसाईं परेको सबैभन्दा पहिलो सूचना व्यूरोबाटै चुहिएको थियो । त्यसमा भारतीय दूतावासको सुरक्षा सहचारी असन्तुष्ट भएका थिए।

सुरक्षा सहचारी मात्र होइन नेपालस्थित ‘रअ’का प्रमुख अंशुल शर्माले पनि प्रसार्इँको पक्राउ बारे चासो राखेका थिए। प्रसाईँलाई भारतको आसाम पुगेर व्यूरो र अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

त्यसक्रममा भारतीय सुरक्षा अधिकारीहरुले पक्राउ गर्न सहयोग गरेपनि नेपाल ल्याउनेक्रममा अवरोध गरेका थिए । नेपाल सरकारले नै भारतीय गृहमन्त्रालयसँग सहयोग मागेपछि सहज भएको थियो । यो विषय भारतीय दूतावासलाई मन परेको थिएन । भारतीय सुरक्षा अधिकारी र सुरक्षा सहचारीहरुले नै मिलाउने भएकाले भारतीय गृहमन्त्रालयसम्म पुग्नुपर्ने थिएन।

‘विशेष व्यूरोमा बसेर सिद्धि विक्रम शाहले सूचना चुहाएको आरोप छ। तर डिआइजी शाहले रौतहटको प्रमुख हुँदा भारतीय सुरक्षा अधिकारीसँग राम्रो सम्बन्ध बनाएका थिए। रौतहटकै सम्बन्धले भारतीय सुरक्षा अधिकारीसँग उठवस रहेको आधारमा प्रसाई भारत पुगेको र त्यहाँको लोकेसन पत्ता लागेको थियो ।

सिआइबीका एसएसपी होविन्द्र बोगटी अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे तथा व्यूरोबाट गएको टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । तर प्रचार भने व्यूराको मात्रै थियो । व्यूरोले धेरै काम गर्ने भएपनि प्रचार भने निकैकम हुने गरेको छ । प्रसाईको बारेपक्राउ ठूलै हल्ला गरिएपछि दूतावासले समेत सन्तुष्ट थिएन ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको भावी आइजीपीबारे दूतावासाले पनि सधै चासो राख्ने गरेको छ। ‘नेपाल भारत सीमा हुने अपराध नियन्त्रण लगायतका दुइपक्षीय सुरक्षा संयन्त्रबारे सधै चासो रहने भएकाले दूतावासले चासो राख्ने गरेको छ, सिद्धिविक्रम शाहको बढुवामा चासो रहेको थियो’, गृहमन्त्रालय स्रोतले भन्यो। एआइजीमा बढुवा भएका लालमणी आचार्यको आगामी जेठमा अवकाश हुने भएकाले रिक्त रहेको पदमा भने उनै शाहको बढुवा हुने संभावना रहेको स्रोतको दाबी छ।