आज मिति २०८२ साल बैशाख १७ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। कमजोरीले चिन्ता बधाउन सक्छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आजको काममा खर्च लागेपनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे– प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिएपनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला। विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मान सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- नयाँ काममा सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पढाइ लेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि सम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटेपनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन्।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुट्नाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- नयाँ काम र हातमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ। सामाजिक कामको दायित्व बढ्नेछ।