प्रहरीका ६ एआइजीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रहरी नायव महानिरीक्षक ९डीआइजी०बाट एआइजीमा पदोन्नति भएका ६ जना अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकको दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
दज्र्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा। मनोज कुमार केसी रहेका छन् ।
साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले दज्र्यानी चिह्नबाट सुशोभित भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । दज्र्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दज्र्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र संगठन प्रति पु¥याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेसागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको बृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले सांगठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा संगठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यावसायिक निष्ठा र इमानदारिता एवम् लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दज्र्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।