गृहमन्त्री लेखक र डा.चौथाइवालेबीच भेट,नेपाल–भारत सम्बन्ध सुदृढ बनाउनेमा छलफल
काठमाडौं। गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ।
उक्त भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा निकै सकारात्मक छलफल भएको गृहमन्त्री लेखकले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएकाे छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्यको आवश्यकता रहेको विषयमा दुबै पक्षबीच छलफल समेत भएकाे थियाे।
डा.चौथाइवाले हाल नेपालको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाट गरिरहेका छन्।
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक र गहिरो छ। यस्तो भेटघाटले पारस्परिक विश्वास र समझदारी बढाउन सहयोग पुर्याउँछ,डा. चौथाइवालेले भेटमा बताएका छन्।
गृह मन्त्रालयले समेत डा.चौथाइवालेको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।