शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद् बैठक बस्ने तयारी

काठमाडौं। शिक्षकका माग सम्बोधन गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजको वार्ताले ठोस निर्णय लिने र सोही निर्णयलाई मान्यता दिने गरी निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

शिक्षक आन्दोलनका विषयमा शिक्षा मन्त्रालयले केही दिनदेखि लगातार वार्ता गरिरहेको छ। शिक्षकहरूले सरकारसँग वार्ता र आन्दोलन सँगसँगै गरिरहेका छन्।

शिक्षक महासंघले केही माग मन्त्रिपरिषदबाटै र केही माग संसदबाट टुङ्गाउनुपर्ने जनाउँदै सरकारले निर्णय गरेपछि परीक्षा सञ्चालनसहितका विषय अघि बढ्ने जनाएको छ।