शैक्षिक हड्ताल स्थगित,भर्ना र परीक्षामा लाग्न शिक्षक महासंघको निर्देशन

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ।सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

आम शैक्षिक हड्ताल स्थिगित भएको छ। नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,उनले भने।

परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे। ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए। २० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो।