पत्रकार महासंघ चितवनद्वारा नसर्ने रोगहरुको स्वास्थ्य परिक्षण सम्पन्न
प्रेम प्रसाद कडेल

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय समिति सदस्य नारायण प्रसाद अधिकारीले पत्रकार सुरेश रजकको हत्या प्रकरणका कारण कार्यक्रम ०८१चैत्र १६ मा स्थगित भएकोमा आज केन्द्रीय रुपमै देशभर कार्य सम्पादन भएको बताए।
यसले हाम्रो अस्तव्यस्त जीवनशैलीका कारण पिछडिएको जीवनलाई स्वास्थ्यलाभको रुपमा लिनुपर्छ भन्दै सबै सबै पत्रकारहरुमा सक्रिय सहभागिताको अनुरोध गरे।
कार्यक्रममा विशेष अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारहरुको चौबिसै घन्टा व्यस्त जीवनशैलीका कारण तनावग्रस्त जीवनमा नसर्ने रोगहरुको शिकार हुने बाध्यात्मक परिस्थिति सिर्जना हुने बताए।
वाग्मती प्रदेशको कार्यक्रममा चितवनको सातैवटा स्थानीय तहमा समेत स्वास्थ्य चौकीका माध्यमबाट परिक्षण अगाडि बढेको बताए। थप स्वास्थ्य परिक्षण आवश्यक पर्ने देखिएमा प्रदेश अस्पताल बकुल्लहर रत्ननगर अस्पतालमा दुई हजार दुई समयसम्मको परिक्षण नि:शुल्क कार्यक्रम संचालन भएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनको महिला उपाध्यक्ष शान्ता अधिकारीले उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य राख्दै नियमित स्वास्थ्य परिक्षण आवश्यक पर्ने बताउँदै मजदुर दिवसको शुभकामना समेत दिईन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार प्रकाशमणि ज्ञवाली, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन अध्यक्ष राजेन्द्र आचार्य, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष प्रेम कडेल, समाजवादी प्रेस संगठनका टिकादत्त तिमिल्सिना सन्चारिका महिला समूह चितवन अध्यक्ष सरिता पौडेल लगायतका जिल्लाका करिब ८० जना पत्रकारहरुको उपस्थिति भई स्वास्थ्य परिक्षण गरेका थियो।
नसर्ने रोगहरुको उपचार अन्तर्गत मधुमेह रोग परिक्षण, मृगौला रोग परिक्षण, ब्लड प्रेसर जाँच, उचाई र तौलको आधारमा जोखिम भारवहन जाँच रहेको थियो।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ चितवनका सचिव राजेशबाबु घिमिरेले गरेका थिए। आगामी वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस समेत भव्यताका साथ मनाउन नेपाल पत्रकार महासंघ केन्द्रले मातहतका प्रदेश समिति र जिल्ला शाखाहरूलाई सर्कुलर गरेको छ