शिक्षामा देखिएको चुनौतीको समाधान गर्न कानूनी प्रबन्ध गर्ने
काठमाडौं। सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीको समाधान गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने भएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले आव ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
उनले विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने पनि बताए।
उनले भने, ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ, विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकासतर्फ केन्द्रित गरिनेछ।’ उनले पाठ्यक्रममा सुधार र युवाकेन्द्रित कार्यक्रम शुरू गर्ने पनि बताए।