हवाई सेवा सुरक्षित र पहुँचयोग्य बनाउने
काठमाडौं। सरकारले हवाई सेवालाई सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरेको छ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले आव ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुराको घोषणा गरेका हुन्। उनले थप विमानस्थलहरुको विस्तार पनि गर्ने बताए।
उनले भने,नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइनेछ, विमानस्थलहरु विस्तार गरिनेछ।’