सरकारको नीति तथा कार्यक्रम निरस: वर्षमान पुन
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको बताएका छन्।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले विगतमा नीति स्पष्ट गर्ने गरिए पनि यस पटक नीति तथा कार्यक्रम गन्तव्यविहीन, निरस र परम्परागत देखिएको बताए।
उनले भने,विगतमा नीति स्पष्ट गरिन्थ्यो। मूल कार्यक्रमहरू सरकारले संसद्मा नै प्रस्तुत गर्ने गरिन्थ्यो। यस पटक त्यस्तो छैन। नेता पुनले विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट राख्ने अभ्यास बदल्न खोजिएको उनले बताए।
सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि देखिन्छ। संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ,उनले भने।
फरक पार्टीबाट ‘ट्युनिङ’ नमिल्ने राष्ट्रपति भएकोले पनि सरकारको नेतृत्व गरिरहेको एमालेले यस्तो नीति तथा कार्यक्रम बनाएको हुनसक्ने आशङ्का नेता पुनले व्यक्त गरे।उनले भने,बजेट पनि यस्तै निरस,अमूर्त र गन्तव्यहीन आउँछ भन्ने लागेको छ।
नेता पुनले नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको कुरा स्पष्ट नआएकोले सरकारले के गर्न लागेको स्पष्ट नभएको प्रतिक्रिया दिए।
‘भर्खरै शिक्षक आन्दोलनबाट फर्किएका छन्,शिक्षा क्षेत्रमा गर्नुपर्ने थुप्रै सुधार बारे केही आएन,उनले भने, ‘विकास निर्माण र पूर्वाधारमा गन्तव्य दिन सकेन।