यूके टूर:दोस्रो चरणको क्याम्पको लागि २५ खेलाडी छनोट

फाइल तस्वीर

काठमाडौं। यूके टूरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको तयारी क्याम्पको घोषणा गरिएको छ । क्याम्पका लागि २५ सदस्यीय टोली चयन गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

यसअघि काठमाडौंको मूलपानीमा सम्पन्न कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन्। दोस्रो चरणको क्याम्पमा समावेश खेलाडीहरू यूके टूरका लागि अन्तिम छनोटको दाबेदार मानिएका छन्।

यूके भ्रमणका क्रममा नेपाली टोलीले खेल्ने विभिन्न अभ्यास तथा प्रतिस्पर्धात्मक खेलहरूको तालिका समेत सार्वजनिक भइसकेको छ। टूर अन्तर्गत नेपालले स्थानीय क्लब र काउन्टी टोलीहरूसँग मैत्रीपूर्ण खेलहरू खेल्ने कार्यक्रम तय गरिएको छ।

यस टूरलाई आगामी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीको रूपमा लिइएको छ। क्यानले टूरबाट खेलाडीहरूको प्रदर्शनको मूल्याङ्कन गरी आगामी प्रतियोगिताका लागि अन्तिम टोली तय गर्नेछ।