कार्ल मार्क्सको २०८औं जन्म जयन्तीमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रकाे ऐक्यबद्धता

काठमाडौं। विश्व कम्युनिस्ट आन्दोलनका महानायक कार्ल मार्क्सको २०८औं जन्मजयन्ती आज विश्वका विभिन्न देशहरूमा विशेष कार्यक्रमका साथ मनाइँदैछ। सन् १८१८ को यही दिन जर्मनीको ट्रियर शहरमा जन्मिएका मार्क्सको विश्वभरका कम्युनिस्ट कार्यकर्ताहरूले  जन्म दिन मनाउने गरेका छन्।

 सन् १८१८ मे ५ का दिन जर्मनीको ट्रियर शहरमा जन्मेका मार्क्सको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनले पेरिस कम्युन, अक्टोबर क्रान्ति र चिनियाँ क्रान्ति जस्ता युगान्तकारी परिवर्तनहरू ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।  

रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएको भए तापनि आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा मार्क्सवाद-लेनिनवाद-माओवादको आवश्यकता झनै बढेको छ।

                                                                    प्रेस विज्ञप्ति

आज मे ५ । आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । विश्व सर्वहारा वर्गको निम्ति गौरवको दिन पनि हो । किनभने आजै दिन अर्थात् सन १८१८ मे ५ का दिन जर्मनीको ट्रियर शहरमा सर्वहारा वर्गको मुक्तिको सिध्दान्त मार्क्सवादका प्रवर्तक जर्मनीको ट्रियर शहरमा कार्ल मार्क्सको जन्म भएको थियो । त्यसैले आज संसारभरका सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायले कार्ल मार्क्सको २०८ आौं जन्म दिवस मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , साहित्यकारहरु , साँस्कृतिककर्मअंहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ऐक्यबद्धता जाहेर गर्न चाहन्छ।
मार्क्सवाद गतिशील सिध्दान्त हो। आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास गरेको छ भने दोस्रो चरणमा लेनिनवादको विकास गरेको छ र तेस्रो , उच्च र नयाँ चरणमा माओवादको विकास भएको छ । आज मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ र मार्क्सवाद -लेनिनवाद -माओवादलाई आत्मसात गर्न नसक्ने व्यक्त सच्चा कम्युनिस्ट बन्न नसक्ने अवस्था सृजना भएको छ। मार्क्सको दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन हो । जो विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसरी कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविस्कारक हुनुहुन्छ ।
मार्क्सद्वारा मार्क्सवादको प्रतिपादन र द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको अण्वेषण पश्चात् यसले विश्वमा हलचल पैदा गरिदियो । परिणामस्वरूप पेरिस कम्युन , महान् अक्टोबर क्रान्ति , चिनिया क्रान्ति जस्ता युगान्तकारी परिघटनाहरु घटित हुन पुगे । एक समयमा विश्व जनसंख्याको झण्डै आधा जनता कम्युनिस्ट सत्ताको झण्डामुनी गोलबन्द भइसकेको अवस्था थियो । यद्यपि रुस , चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएको भए तापनि आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएकोले मार्क्सवाद अर्थात् मार्क्सवाद-लेनिनवाद -माओवादको आवश्यकता झनै बढेर गएको छ भन्ने ठहर हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको रहेको छ र यसैमा नै मार्क्सको २०८ आौं जन्म जयन्ती मनाएको सार्थकता हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ।
महान् मार्क्सकै जन्म घर जर्मनीको ट्रियर नगर जुन घरमा आज मार्क्स संग्रहालय (marx museum) सञ्चालन भइरहेको छ , यसै ऐतिहासिक भवन भित्र , मार्क्सले अध्ययन गर्नु भएको कोठामा बसेर हाम्रो गौरवपूर्ण संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट महान् कार्ल मार्क्सको २०८ आौं जन्म दिवसको शुभकामना सम्प्रेषण गर्ने अवसरमा प्राप्त भएकोमा गौरवको अनुभूति भइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । धन्यवाद
                              क्रान्तिकारी अभिवादन सहित ।

मिति : ५ मे २०२५- २२ बैशाख २०८२

सम्प्रेषण स्थल :मार्क्स संग्रहालय  (marx museum) ट्रियर नगर,जर्मनी,युरोप।

हस्तबहादुर केसी 
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र