प्रहरीका सात जना डीआईजीको सरुवा, को कहाँ पुगे ?
काठमाडौं। नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। यस सरुवासँगै देशका ६ वटा प्रदेशमा नयाँ प्रहरी प्रमुख तोकिएका छन्।
गृह मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशमा ईश्वर कार्की, मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ। त्यसै गरी, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन्।
केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीको जिम्मेवारी भने गोविन्द थपलियालाई दिइएको छ।