आज मिति २०८२ साल बैशाख २३ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- व्यवसायिक क्षेत्रमा खर्च बढ्नेछ र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर, सेवामूलक कार्यले प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काम थाल्नु अघि विचार पुर्याउनुहोला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज आय–आर्जन सन्तोषजनक हुनेछ । अतिथिका रूपमा सम्मान पाउने सम्भावना छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् । उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । मनोरञ्जनमा समय बित्नेछ र टाढाको यात्रा पनि हुन सक्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ । सहयोगीहरूको भर पर्दा सबै काम सफल नहुन सक्छ । तर, वित्तीय लाभ हुने सम्भावना छ । कृषि तथा पशुपालनमा केही समस्या भएपनि धन आर्जनको अवसर प्राप्त हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- स्वास्थ्य कमजोर हुन सक्ने भएकाले काम सम्पन्न गर्न कठिनाइ हुन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा विवाद हुन सक्छ, सावधान रहनुहोस् । धन सम्बन्धी कुरामा पनि सतर्कता अपनाउनुहोला ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- व्यापार व्यवसायमा राम्रो फाइदा मिल्नेछ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, बेसमयमा बचन दिनु घातक हुन सक्छ । भ्रमणमा समय खेर जाने सम्भावना छ । सानातिना काममै समय बित्ने दिन रहेको छ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ । दाम्पत्य सुखमा रमाउने समय छ । सानो प्रयासले पनि ठूलो काम बन्नेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । धार्मिक वा तीर्थ यात्राको अवसर मिल्न सक्छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सुख दुस्खमा साथ दिने व्यक्ति भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । कृषिमा अपेक्षित लाभ नहुन सक्छ । सामाजिक जिम्मेवारीमा समय बित्नेछ । रोकिएका काम पूरा हुने सम्भावना छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- मुख्य काममा बाधा आउन सक्छ । घरेलु झमेला बढ्न सक्छ । साधन बिग्रनाले लक्ष्यमा पुग्न कठिनाइ हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ । लगानी अनुसार प्रतिफल कम मिल्न सक्छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- समस्या हल गर्न गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तर, सहयोगीहरूको साथ पाइनेछ । रोकिएका काम बन्नेछन् । एउटै कामबाट दोहोरो फाइदा मिल्ने सम्भावना छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- लाभ हुने कामको थालनी गर्न अनुकूल समय हो । साझेदारीमा फाइदा हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्न सक्छ । असावधानीले धन खर्च हुन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् ।

कुम्भ ग, गे, गो, सा, सि, सु, से, सो, द- बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । लामो यात्राको सम्भावना छ । पेटको खराबी सताउन सक्छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ने स्थिति आउन सक्छ । सरकारी कडाइको सामना गर्नुपर्ने समय हो।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- सवारी चलाउँदा सावधानी अपनाउनु होस् । लेनदेनमा विवाद हुन सक्छ । पूरानो रोगले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासनमा भर नपर्नुहोला । व्यापारिक क्षेत्रमा पनि चुनौती आउन सक्छ।