संसद्मा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो।

दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि संसदको दुबै सदनमा सोमबारदेखि छलफल सुरु भएको छ।