बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, ११ घाइते

काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । सोमबार दिउँसो धरानबाट भोजपुर जाँदै गरेको को १ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ गोठगाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बस चालक ५१ वर्षीय रुद्र तामाङ, ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन् ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।