देउवा–ओली भिडाएरै सत्ताको जादु चलाउदै प्रचण्ड, के सत्ता गठबन्धन फुटको नजिक पुगेको हो ?

काठमाडौं। नेकपा एमाले र नेपाली कांग्रेस भिडाएर यही संसदमा दुई पटक प्रधानमन्त्री भ्याएका पुष्पकमल दाहाल प्रचण्ड लामो समयदेखि सत्ताफिर्तीको खेलमा लागिरहेका छन्।

बाहिर अब सत्ताको जोड घटाउमा नलाग्ने भन्दै पार्टी सुदृढीकरण समेत गरेका उनी अहिले फेरि ओली–देउवा भिडाउन लागिपरेका छन्। यो पल्ट विगतमा भन्दा बढी आत्मविश्वासी देखिएका उनले दोधारे चरित्र भने देखाइरहेका छन्। आखिर किन त्यस्तो गरि रहेका छन् त

हामीले चाहे जादू चल्छ। तर हामी सत्ताको खेलमा छैनौँ।

संघीय संसद भवन नयाँ बानेश्वरबाट बाहिँरिदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिक्रिया हो यो । संसदमा सरकारको उछितो काढेपछि बाहिर यो टिप्पणी गरेका उनको भावभङ्गीले समेत उनी उत्साहित रहेको प्रष्ट पार्छ।

जहाँ प्रचण्डले आइतबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। जसलाई टिआरसीको बाहनामा नयाँ सत्ता समीकरणको प्रयासकै रुपमा चर्चा गरिएको छ । तर रोचक तके छ भने यही चर्चाकाबीच प्रचण्ड ओलीमाथि नै आक्रामक देखिएका छन्।

अर्थात एकातर्फ सत्ता ढल्ने बताउँने त्यस्तै ओलीसँग भेट पनि गर्ने र अर्कातर्फ उनीमाथि नै प्रहार गर्ने दोहोरो काम प्रचण्डले गरिरहेका छन्। जसले सत्ता र प्रतिपक्षीको भेट स्वभाविक र एजेण्डाहरुको आश्यकतामात्र भएको भान पार्न त उनी लागि परेका होइनन् भन्ने आशंका गर्ने ठाँउ उब्जाएको छ।

जहाँ जे जे एमाले कांग्रेसमा दरार छ त्यसैमा प्रश्न गरेका उनले सोमबारको संसदमा समेत यसको झल्को दिए। संसदमा बोल्दै उनले नीति तथा कार्यक्रममा सत्ताको एकमत नभएको विषयदेखि गभर्नरमा देउवालाई दिएको बचनसम्म ओलीलाई सम्झाए।

यी घटनाक्रमले दुवैतिर खेल्ने बाटोमा प्रचण्ड रहेको पक्का हुँदा उनको पहिलो लक्ष्य नै वर्तमान समीकरणमा अविश्वास सिर्जना गर्ने देखिन्छ। फलतः दुवैलाई भेट्ने र दरारका विषयमा सार्वजनिक टिप्पणी गर्ने उनको काम नै बनेको छ।

यता गैरआवासीय नेपाली संघ एनआरएनएमा परराष्ट्रमन्त्री डा.आरजु राणालाई साथ दिएका उनले लगत्तै ओलीलाई भेटेका थिए। त्यस्तै आफू देउवालाई अफर गर्ने र महासचिव देव गुरुङलाई ओली फकाउन प्रयोग गरेका उनी अर्कातर्फ सत्ता प्राथमिकता नभएकोसमेत बताइरहेका छन्। जसले सत्ता समीकरणका दुवै दललाई मैदान खाली भएको संकेत मिल्दा प्रचण्डले नागरिकसम्म जाने कार्यक्रमलाई समेत जारी राखेका छन्।

यता पहिलो चरणमा देउवालाई फकाउन्जेल एमालेसँग दरार राखेर विश्वासको वातावरण सिर्जना गरेका उनी केही नलागेपछि ओली नै बोक्नपनि पछि नपर्ने सन्देश दिन लागिपरेका छन्। यसले दुवै दलमा दवाव मात्र सिर्जना गरेको छैन बरु प्रचण्ड फकाईराख्नु पर्ने अवस्थासमेत सिर्जना भइरहेको छ।

मुख्य कुरा त संसदमै प्रचण्डको आलोचना सुन्न ओलीले देखाएको धैर्यता नै गज्जबको देखिन थालेको छ। जबकि यसअघि संसदमै एकले अर्कालाई अघोषित बहिष्कार गरेको अवस्था देखिँदै आएको थियो।

यसले प्रचण्डको कदम अझ रहस्यमय देखिँदाकतै देउवा ओलीले नै आफूलाई एकले अर्कालाई दबाब दिने अस्त्र मात्रै बनाउँदै त छैनन् भन्ने डरसमेत उनमा देखिन्छ। यद्यपि ओली प्रचण्ड जति भिड्नछन्त्यो मिलनको संकेत हुने नजिर भने कायम छ।