शौचालयमा लडेर प्रचण्ड घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । मंगलबार राति करिब १२ बजे खुमलटारस्थित निवासमा शौचालयमा चिप्लिएर लडेपछि उनको निधारमा चोट लागेको हो ।

उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।