पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक: चीन
काठमाडौं। भारत र पाकिस्तानबीच तनाब बढेपछि चीनले दुबै देशलाई शान्त र संयम रहन आग्रह गरेको छ।
मंगलबार राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारत सरकारले गरेको सैन्य कारबाहीलाई खेदजनक भन्दै दुबै देशलाई संयम रहन आग्रह गरेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ।