सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसाी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो।

अघिल्लो दिन मंगलबार १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

यसैबिच आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।