सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सयले बढेको हो।
यसअघि हिजो (बुधबार) १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
यस्तै,आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।