सरकार फेरिँदैन,यस्ता १० महिना तीन,चार वटा अरु व्यहोर्छौं: गृहमन्त्री लेखक

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने गृहमन्त्री रमेश लेखकले बताएका छन्।
बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
आफू मन्त्री बनेको १० महिना भएको बताउँदै यो समय धेरै नरहेको जिकिर गरे। विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने उनको भनाइ थियो।
‘म मन्त्री बनेको १० महिना भइसक्यो। फेरि १० महिना धेरै पनि होइन। धेरै यसकारण होइन की पहिला पहिला १०—१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो,गृहमन्त्री लेखकले भने,यसपालि दशै महिनामा फेरिँदैन। यस्ता १० महिना हामी तीन,चार वटा अरु व्यहोर्छौं।