रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

त्यसै गरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरूलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो ।

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।