पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं।पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रूपन्देहीको सियारी गाउँपालिका-२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो।

बिहीबार साँझ साढे ६ बजेतिर बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिप्पर तिनाउ गाउँपालिका-३, सिद्धबाबा नजिकै दुर्घटना हुँदा टिपर चालक यादव गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सडकमा गुड्दै गरेको अवस्थामा टायर पञ्चर हुँदा टिपर सडकदेखि ६५ मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।