नीति तथा कार्यक्रमको अन्तिम दिन,औचित्य नभएको सांसदहरूको भनाइ-LIVE

काठमाडौं। संसद बैठकमा आज नीति तथा कार्यक्रमको अन्तिम दिन छलफल चलिरहेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम आज शुक्रबार सकिने भएको हो।

संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नभएको सांसदहरूले बताउदै आएका छन्। सत्ता र प्रतिपक्षमा रहेका सांसदहरूले नै बजेट बनाइ सकेको अवस्थामा छलफल गर्नुको कुनै औचित्य नरहेको बताउदै आएका छन्।

संसद बैठकका दुवै सदनमा यही २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए पछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। त्यसपछि संसदमा प्रि–बजेट छलफल अघि बढ्नेछ।नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ।