महिला टी–२० विश्वकप छनोट: नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ। तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो।

वर्षाले प्रभावित भएपछि ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। सम्झना खड्का १३ तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन्।

यसअघि शुक्रबार हङकङसँगको पहिलो खेल भिजेको मैदान नसुकेका कारण टस नै नभई रद्द भएको थियो। जसकारण नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।

अब नेपालले तेस्रो खेल मंगलबार हङकङसँग खेल्ने छ।