भारत–पाकिस्तानबीच युद्धविराम
काठमाडौं। भारत र पाकिस्तानबीच जारी तनावलाई कम गर्ने उद्देश्यसहित दुवै देशले युद्धविरामको सहमति गरेका छन्। सहमति आज साँझदेखि तत्काल लागू हुने भएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीबीच भएको छलफलपछि दुवै देशका सैन्य अधिकारीहरूले पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगेको जानकारी दिएका हुन्।
भारतका परराष्ट्र सचिव मिस्रीले आज दिउँसो पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख ९डीएमजीओ०सँग टेलिफोन वार्ता भएको र दुवै पक्षले स्थल, आकाश तथा समुद्रमा सबै प्रकारका सैन्य कारबाही आज साँझ ५ बजेदेखि रोक्ने सहमति गरेको पुष्टि गरे।
एक छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ १७ः०० बजेपछि युद्धविराम लागू गर्ने निर्णय भएको छ। अब स्थल, आकाश र समुद्रमा कुनै पनि प्रकारका सैन्य गतिविधि गरिने छैन।
दुवै देशका डीएमजीओहरूलाई सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकेको र आउँदो मे १२ तारिख दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ। यस सहमति पछिल्लो समय तनाव बढ्दै गएको भारत–पाकिस्तान सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतको रूपमा हेरिएको छ।