बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना, २१ जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेर दुर्घटनाा भएको हो।
घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। दुर्घटनामा अन्य १४ जना गम्भीर घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।