क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा चन्दा विवादले भाड्भैलो, पुनः विभाजनको संघारमा

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा आन्तरिक विवाद चुलिँदै गएको छ। पोलिटब्युरो सदस्य भीम चापागाईंमाथि केन्द्रीय कार्यालयमै कुटपिट भएको घटनाले पार्टी पुनः विभाजनको संघारमा पुगेको छ।

पार्टी स्रोतका अनुसार, केन्द्रीय सदस्य प्रभातले चापागाईंमाथि कुपण्डोलस्थित केन्द्रीय कार्यालयको एक कोठामा कुटपिट गरेका थिए। घटनाको कारण पार्टीको आर्थिक अनियमितता सम्बन्धी विवाद रहेको बताइएको छ। चापागाईंले आफूमाथि भएको कुटपिटको विषयमा पार्टीमा उजुरी गरेपछि कार्यवाहक महासचिव सिपि गजुरेलले छानबिन समिति गठन गरेका थिए। नेता कुमुदको नेतृत्वमा गठित उक्त समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियाे।

यसअघि पनि पार्टीमा विभाजन भइसकेको थियो। मोहन वैद्यले एकीकृत माओवादीबाट अलग हुँदै क्रान्तिकारी_माओवादी पार्टी गठन गरेका थिए। त्यसपछि पनि विभिन्न समयमा पार्टीमा आन्तरिक मतभेदका कारण विभाजन भएका छन्।

हालको घटनाले पार्टीभित्रको विवाद पुनः सतहमा ल्याएको छ। पार्टीका केही नेताहरूले चापागाईंमाथिको कुटपिटलाई गम्भीर रूपमा लिँदै आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कमजोरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यदि छानबिन समितिको प्रतिवेदनले स्पष्ट निष्कर्ष दिन नसकेमा पार्टी पुनः विभाजन हुने निश्चित जस्तै भएकाे एक नेताले बताए।

पार्टीका ती नेताले भने घटनाको छानबिन भइरहेको र आवश्यक कारबाही नगरे नेतृत्वमाथि ठूलाे संकट आउन सक्ने बताए। तर, आन्तरिक विवाद र विश्वासको संकटले पार्टीको भविष्यमा गम्भीर असर पार्न सक्ने संकेत देखिएको उनले बताए।

पार्टीको केन्द्रीय कार्यालयमै नेतामाथि कुटपिट हुन्छ भने त्याे राम्राे कुरा हाेइन अब पार्टी नेतृत्वले सहि ढंगबाट निर्णय लिएन भने पार्टी फुटकाे संघारमा जाने निश्चित भएकाे ती नेताले बताए।

पार्टीका केन्द्रीय सदस्य प्रभातले चापागाईंमाथि कार्यालयको एक कोठाभित्र थुनेर कुटपिट गर्नु राम्राे कुरा नभएकाे बताए। घटनाको कारण पार्टीको आर्थिक अनियमितता सम्बन्धी विवाद छताछुल्ल भएकाे छ।

यस घटनाले पार्टीभित्रको आन्तरिक विवाद र असन्तोषलाई उजागर गरेको छ। यसअघि पनि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा विभाजन र आन्तरिक मतभेदका घटनाहरू सार्वजनिक भएका थिए। पार्टीका युवा नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका थिए, जसले पार्टीको संगठनात्मक एकतालाई चुनौती दिएको थियो।

भीम चापागाईंमाथिको कुटपिट र त्यसपछिको छानबिन प्रक्रियाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र अनुशासनमा प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदनपछि मात्र घटनाको सम्पूर्ण विवरण र त्यसको प्रभाव स्पष्ट हुने अपेक्षा गरिएको छ।