ताप्लेजुङका एक युवक बेपत्ता भएको १३ दिनमा मृत भेटिए

काठमाडौं। ताप्लेजुङमा एक युवक बेपत्ता भएको १३ दिनपछि मृत भेटिएका छन्। मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन्।
प्रहरीका अनुसार थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको हो। उनी गत वैशाख १७ गतेदेखि बेपत्ता थिए।
उनको शव सोमबार बेलुका नै पोष्टमार्टम का लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। घटनाबारे अनुसन्धान शुरु भएको पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।