रवीन्द्र मिश्र र दुर्गा प्रसाईँ सहितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईँ सहितलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो। रवीन्द्र मिश्रसहित अन्य २६ जना प्रहरी हिरासतमा रहेका छन्।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहित दुई जनाले ज्यान गुमाएका थिए।