बिहेघरमा नाचगान गरिरहेका बेला करेन्ट लागेर दुईको मृत्यु, एकजना घाइते

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला तीन जनालाई करेन्ट लागेको थियो। जसमध्ये दुई जनाको मृत्यु भएको हो । घटनामा ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्।

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइननजिकै हरियो गाडिएको बाँस राति आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन्।