क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोचविचार पछि आफू यस्तो निर्णयमा पुगेको बताए।
‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,उनले लेखेका छन्। आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको उनको भनाइ छ।
उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन्।