हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं। झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ।

झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीको भनाइ छ।