सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार एकैदिन प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ। बुधबार प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो। चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैया कायम भएको छ।