सतुङ्गलमा लागेको आगो नियन्त्रणमा, १० पसल जलेर नष्ट
काठमाडौं । चन्द्रागिरिको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ५ः२५ बजेदेखि सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो केहि बेरअघि पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
फलामे टसबााट बनाइएको टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो। त्यहाँ १५र२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा पसल पूर्ण रूपमा र ४ वटामा आंशिक क्षति पुगेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आगो निभाउन विभिन्न कार्यालयबाट ६ वटा दमकल परिचाालन तथा सशस्त्र प्रहरीबाट ४० र नेपाल प्रहरीका ३० जना गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।