बोकाको भन्दै बाख्राको मासु बेच्ने पक्राउ
भैरहवा। बोकाको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने एक मासु व्यवसायी बुटवलमा पक्राउ परेका छन्। बुटवल उप–महानगरपालिका–१ जितगढीका ३४ वर्षीय मेराज साहलाई ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनले विभिन्न स्थानबाट बाख्रा खरिद गरि घरमैं काटेर मासु पसलमा लगेर घरमै काटेको खसीबोकाको मासु हो भन्दै झुक्याएर बिक्री गर्दै आएको प्रहरीको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीका अनुसार साहले घरमै बाख्रा काटेर भुत्ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। यस्तै काटेर फालिएका बाख्राका विभिन्न अंगहरुसमेत फेला परेको उनको भनाइ छ।
प्रहरीले मेराजको घरबाट ३ वटा बोरामा काटेर टुक्रा बनाएर राखेको ४१ किलो मासु पनि बरामद गरेको छ।