निजामती सेवामा ‘कुलिङ पिरियड’ २ वर्ष राख्न सरकार सहमत

काठमाडौं। संघीय निजामती सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियड राख्न सरकार सहमत भएको छ। आज बसेको राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको जानकारी गराएका हुन्।
दुई वर्षभन्दा लामो समय कुलिङ पिरियड राख्दा जनशक्तिको अभाव हुनसक्ने सरकारको राय छ। ‘कुलिङ पिरियड पिरियड दुई वर्ष गरौँ। दुई वर्षभन्दा बढाउनु हुँदैन, जनशक्तिको अभाव हुनसक्छ,गृहमन्त्री लेखकले भने।
संसदीय समितिमा संघीय निजामती विधेयकमाथि सहमति जुटोस् भनेर सरकार कुलिङ पिरियड २ वर्ष राख्न तयार भएको गृहमन्त्रीको भनाइ थियो।
‘कुलिङ पिरियड’ कति समय राख्ने भन्नेमा सत्तापक्षका सांसदबीच नै विवाद थियो भने प्रतिपक्षी दलका सांसदले राज्यव्यवस्था समितिले गठन गरेको उपसमितिको प्रतिवेदनमा लिखित फरक मत राखेका थिए।
माओवादी,रास्वपा,राप्रपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले लिखित फरकमत राखेरका थिए,कुलिङ पिरियड २ वर्ष राख्ने भनेर। कांग्रेसका सांसदले पनि कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने अडान राख्दै आएका थिए भने एमालेका सांसद र मन्त्री बढीमा १ वर्ष राख्नुपर्ने अडानमा थिए।