बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप धुलाचौर नजिकै दुर्घटना भएको हो।

  धुलाचौर आउदै गरेको म १ ज २३३ जीप खिउने खोला डाडामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन। घाइते हुनेमा जीप चालक सविन बोहोरा, स्थानीय रंगिता बुढा,जुनिता बुढा,विवेक बुढा र अस्मिता शाहीलगायत रहेका छन्। एक जनाकाे भने परिचय खाेलेकाे छैन।

दुर्घटनामा परेर घाइते भएकाहरूको प्रहरी र स्थानीयले उद्दार गरेर घाइते सबैलाई पालिकाको एम्बुलेन्सबाट उपचारका लागि कोल्टी स्वास्थ्य चौकीमा पठाइएकाे छ ।