सुनचाँदीको मूल्य घट्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ।